रवि लामिछानेको मुद्दा फेरि हेर्दाहेर्दैमा, आइतबार पुनः सुनुवाइ हुने

Image

रवि लामिछाने सम्बन्धी मुद्दा सर्वोच्च अदालत मा फेरि हेर्दाहेर्दैमा राखिएको छ। बिहीबार पनि बहस नसकिएपछि इजलासले मुद्दालाई आइतबारका लागि सार्ने निर्णय गरेको हो।

सहकारी ठगीसँगै दायर गरिएको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगपत्र फिर्ता लिने निर्णयविरुद्ध परेको रिटमा आइतबार पुनः सुनुवाइ हुने भएको छ।

न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमान को इजलासमा सोमबारदेखि निरन्तर रूपमा ‘हेर्दाहेर्दै’मा राख्दै सुनुवाइ भइरहेको छ।

यसअघि सविता भण्डारी ले लामिछानेविरुद्ध विभिन्न जिल्लामा विचाराधीन सहकारी ठगीसँगै जोडिएका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयहरूलाई निर्देशन दिएकी थिइन्।