शिक्षा मन्त्री सस्मित पोखरेल सरकारका प्रवक्ता नियुक्त

Image

सस्मित पोखरेल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री नियुक्त भएसँगै सरकारका प्रवक्ता पनि चयन भएका छन्।

आज मात्रै गठन भएको मन्त्रिपरिषद्को पहिलो बैठकले उनलाई औपचारिक रूपमा सरकारको प्रवक्ताको जिम्मेवारी दिएको हो।

नयाँ सरकार गठनसँगै प्रवक्ता चयन गरिएको हो, जसले सरकारका निर्णय तथा धारणा सार्वजनिक गर्ने जिम्मेवारी सम्हाल्नेछन्।