प्रधानमन्त्री बालेन्द्र शाह ले प्रदेशगत रूपमा सांसदहरूसँग भेटघाट गर्दै देशका विकास र जनसेवासम्बन्धी कामका लागि प्राथमिकताका कामहरूको विवरण मागेका छन्। कोशी प्रदेशका सांसदहरूसँगको छलफलमा उनले शुरुमै भने, “एकदम छोटोमा, टू दी पोइन्ट कुरा राख्नुस्।”
प्रधानमन्त्री शाहले सांसदहरूलाई तत्काल गरिनुपर्ने काम, बजेट आउनु अघि गर्न सकिने काम र आगामी बजेटमा व्यवस्था गरेर अघि बढाउनुपर्ने काम गरी तीन किसिमका आवश्यकताहरू प्रस्तुत गर्न भनेका छन्। उनले यस वर्गीकरणले जनतालाई काम भएको अनुभूति दिलाउने र प्रभावकारी विकास सुनिश्चित गर्ने उद्देश्य राखेको बताए।
सहभागी सांसदका अनुसार अधिकांश सांसदले आवश्यकताहरू तुरुन्त प्रस्तुत गरेका छन् भने कतिपयले रिपोर्टमार्फत पछि जानकारी दिने बताएका छन्।
















