लेखकलाई थुनामुक्त गर्नुपर्ने रिटमा अदालतले दियो कारण देखाउ आदेश

Image

सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकको रिहाइको माग गरिएको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमा कारण देखाउ आदेश दिएको छ।

पूर्वगृहमन्त्री लेखककी  पत्नी यशोदा लेखकले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मीको इजलासले कारण देखाउ आदेश जारी गरेको सर्वोच्च अदालतले जनाएको छ ।

भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले गरेको कारबाही सिफारिसका आधारमा भन्दै सरकारले शनिवार बिहानै तत्कालिन गृहमन्त्री लेखकलाई पक्राउ गरेको थियो।