अदालतले भन्यो– महेश बस्नेतविरुद्ध पक्राउ अनुमति दिन मिल्दैन

Image

जिल्ला अदालतले महेश बस्नेत विरुद्ध पक्राउ अनुमति मागिएको मिसिल फिर्ता गरेको छ।

धादिङकी शोभा पाठकले पहिल्यै तामेलीमा राखिएको मुद्दामा पक्राउ अनुमति माग गर्दै जिल्ला प्रहरी परिसर भद्रकालीमा निवेदन दर्ता गरेकी थिइन्। सोही आधारमा प्रहरीले पुनः पक्राउ अनुमति माग गर्दै मिसिल अदालतमा पेश गरेको थियो।

जिल्ला सरकारी वकिलको कार्यालयका अनुसार न्यायाधीश ध्रुव कार्की को इजलासमा मिसिल पेश हुँदा अनुमति दिन अस्वीकार गरिएको हो।

अदालतले एकपटक तामेली गरिसकेको मुद्दामा पुनः पक्राउ अनुमति दिन नमिल्ने ठहर गर्दै मिसिल फिर्ता गरेको जनाएको छ।