कलाकार सागर लम्साल पक्राउ

Image

कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् । बूढानीलकण्ठबाट उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । उनीमाथि बलात्कार आरोप थियो ।

अमेरिका बस्ने एक युवतीले वर्ष दिनअघि आफ्नो इच्छाविपरीत लम्सालले जबर्जस्ती करणी गरेको आरोप लगाएकी हुन् । त्यो घटनापछि आफू मानसिक रूपमा थप विक्षिप्त बनेको बिहीबार फेसबुकमार्फत उनले बताएकी छन् ।

सागर लम्साललाई समेत ट्याग गरिएको उक्त पोस्टअनुसार दुवै जनाबीच पारिवारिक रूपमै चिनजान थियो । युवतीले उनलाई ‘दाइ’ भनेर सम्बोधन गर्थिन् । लम्साल अमेरिका गएका बेला युवतीसँग भेट भएको थियो । नेपाल हुँदादेखि नै एन्जाइटी र डिप्रेसनजस्तो मानसिक समस्यासँग जुधिरहेको बताउने युवतीले आफ्ना बुबाको सुझावपछि नै लम्साललाई भेटेकी थिइन् ।

पारिवारिक रूपमै चिनजान भएको व्यक्तिसँग भेट्दा मनमा शान्ति र हौसला मिल्ने ठानेर भेटेको युवतीले बताएकी छन् । लम्सालले ‘तिम्रो अपार्टमेन्ट हेर्न लैजाऊ’ भनेपछि उनले आफू बस्ने कोठामा लगेको बताएकी छन् । कोठामा पुगेपछि रुँदै आफूले भोगेका मानसिक पीडा सुनाइरहँदा लम्सालले जबर्जस्ती करणी गरेको युवतीको आरोप छ । 

उनी यसअघि पनि विवादमा परेका थिए । कलाकार प्रिज्मा खतिवडाविरुद्ध सोसल मिडियामा भ्रम फैलाएको, दुःख दिएको आरोपमा उनीविरुद्ध साइबर ब्युरोमा उजुरी परेको थियो