उपराष्ट्रपति यादव अस्वस्थ, अस्पताल भर्ना

Image

उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना भएका छन् । उच्च रक्तचापको समस्यापछि यादवलाई सोमबार (चैत २३) राति अस्पतालमा भर्ना गरिएको हो । उनलाई काठमाडौंको महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ ।

अस्पतालका सूचना अधिकारी नेत्रबहादुर गुरुङका अनुसार, यादवको रक्तचाप बढेकाले सोमबार राति करिब ९ बजे त्यहाँ भर्ना गरिएको हो । उनको पेटमा ग्यास समेत भरिएको थियो ।

उपराष्ट्रपति यादवको स्वास्थ्य अवस्था हाल सामान्य छ । उनलाई भीआईपी क्याबिन नम्बर ७०१ मा राखेर उपचार गरिरहेको अस्पतलाले जनाएको छ ।