इजरायल युद्धविराम उल्लङ्घन गर्यो,  लेबनानका जनताको साथमा छौँ :  इरानका राष्ट्रपति पेजेस्कियन

Image

इरानका राष्ट्रपति मसउद पेजेस्कियनले लेबनानमा इजरायलले गरेको आक्रमणले अमेरिका–इरानबीच भएको युद्धविराम सम्झौताको उल्लंघन गरेको बताएका छन् । उनले इजरायलले युद्धविरामका बावजूद लेबनानमाथि आक्रमण जारी राखेमा जारी कूटनीतिक वार्ता निरर्थक बन्ने चेतावनी दिएका हुन् ।

पेजेस्कियनले इरानले लेबनानका जनतालाई कुनै पनि अवस्थामा एक्लो नछोड्ने पनि स्पष्ट पारेका छन्। उनको यो प्रतिक्रिया पछिल्लो पटक लेबनानमा भएको तीव्र इजरायली हवाई आक्रमणपछि आएको हो ।

गत बुधबार मात्रै इजरायलले गरेको आक्रमणलाई पछिल्लो एक महिनादेखि हिजबुल्लाहसँग चलिरहेको द्वन्द्वयताकै सबैभन्दा ठूलो हमला मानिएको छ। उक्त आक्रमणमा कम्तीमा २५० बढीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

इजरायल र हिजबुल्लाहबीच गत महिना सुरु भएको द्वन्द्वका कारण लेबनान–इजरायल सीमा क्षेत्र तनावग्रस्त बनेको छ।