कपिलवस्तुमा बस दुर्घटना, २६ यात्रु घाइते

Image

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६ जना यात्रु घाइते भएका छन्।

नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको भे १ ख ४३७३ नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रिपेन्द्र सिंहका अनुसार घाइतेमध्ये १७ जनाको चन्द्रौटास्थित सञ्जीवनी अस्पतालमा उपचार भइरहेको छ भने ३ जनाको आधारभूत अस्पतालमा उपचार भइरहेको छ। अन्य ६ जनालाई थप उपचारका लागि बुटवल पठाइएको छ।

दुर्घटनापछि तत्कालै प्रहरी टोली घटनास्थल पुगेर उद्धार कार्य गरेको थियो। दुर्घटनाको कारण हालसम्म खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।