इजरायल-अमेरिकाले घरमै आक्रमण गर्दा घाइते भएका इरानका पूर्वविदेशमन्त्रीको मृत्यु

Image

अमेरिका-इजरायलको हवाई आक्रमणमा घाइते भएका इरानका पूर्वविदेशमन्त्री कमाल खराजीको मृत्यु भएको छ। इरानी सञ्चारमाध्यमका अनुसार यही अप्रिल १ मा अमेरिका-इजरायलको आक्रमणमा घाइते भएका पूर्वविदेशमन्त्री खराजी बिहीबार बितेका हुन्।

खराजी इरानी राजनीतिमा सुधारवादी नेता, इरानको विदेश सम्बन्धसम्बन्धी रणनीतिक परिषद्का प्रमुख र दिवंगत सर्वोच्च नेता अली खामेनीका सल्लाहकार थिए।

उनी १९९७ देखि २००५ सम्म इरानको विदेशमन्त्री थिए। समाचार वेबसाइट जमरानका अनुसार अप्रिल १ मा आक्रमणमा परी गम्भीर घाइते भई अस्पतालमा भर्ना भएका थिए।

त्यस दिन राजधानी तेहरानस्थित उनकै घरमै गरिएको हवाई आक्रमणमा उनकी श्रीमतीको भने तत्काल मृत्यु भएको थियो।