नेपाली बजारमा बुधबार सुन तथा चाँदीको मूल्यमा पुनः वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ हजार ९०० रुपैयाँले बढ्दै ३ लाख २ हजार ७०० रुपैयाँ पुगेको छ। मंगलबार सुन प्रतितोला २ लाख ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। यसअघि मंगलबार पनि सुनको मूल्य प्रतितोला ३ हजार १०० रुपैयाँले बढेको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि बुधबार वृद्धि भएको छ। मंगलबार प्रतितोला ५ हजार ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार २२० रुपैयाँ पुगेको छ। यो अघिल्लो दिनको तुलनामा प्रतितोला १५५ रुपैयाँले बढी हो।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उच्च रहेको छ। आज सुन प्रतिऔंस ४ हजार ८२४ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारको प्रभावले स्थानीय बजारमा पनि मूल्य वृद्धि भएको महासंघले जनाएको छ।
















