प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज आफ्नो पार्टीबाट प्रदेश सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्रीहरूसँग छलफल गर्ने भएको छ।
पार्टीका अनुसार छलफल दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना हुनेछ। बैठकमा सातै प्रदेशका पार्टी सभापति, प्रदेश संसदीय दलका नेताहरू तथा मुख्यमन्त्रीहरू सहभागी हुनेछन्।
छलफलमा प्रदेश सरकारको कार्यसम्पादन प्रभावकारी बनाउने, मन्त्रालय संख्या घटाउने तथा प्रशासनिक संरचना सुधार गर्ने विषयमा केन्द्रित हुने जनाइएको छ।
हाल कांग्रेसले मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा सरकारको नेतृत्व गरिरहेको छ।
















