नेपाली बजारमा आइतबार सुन तथा चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको मूल्य प्रतितोला ३ लाख १ हजार रुपैयाँ तोकिएको छ।
यो मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १ हजार २ सय रुपैयाँले बढी हो। अघिल्लो दिन सुन प्रतितोला १ लाख ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि वृद्धि भएको छ। अघिल्लो दिन प्रतितोला ५ हजार १३० रुपैयाँमा कारोबार भएको चाँदी आज ९५ रुपैयाँले बढेर प्रतितोला ५ हजार २२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।















