संविधान संशोधन अध्ययन समितिलाई कांग्रेसले पूर्णता दियो

Image

नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी सुझाव दिन गठन गरिएको विज्ञ समितिलाई पूर्णता दिएको छ। समितिको संयोजकमा पार्टी उपसभापति पुष्पा भुसाल रहेकी छन्।

समितिमा वरिष्ठ अधिवक्ताहरू राधेश्याम अधिकारी, हरिहर दाहाल, प्रेमबहादुर खड्का, उपेन्द्रकेशरी न्यौपाने, शेरबहादुर केसी, यदुनाथ खनाल, गोपालकृष्ण घिमिरे, योगेन्द्रबहादुर अधिकारी, दिनेश त्रिपाठी, सिताराम केसी र ललितकुमार बस्नेत सदस्य रहेका छन्।

त्यसैगरी अधिवक्ताहरू रनबहादुर थेवे, शर्मिला श्रेष्ठ र झलमाया विकलाई पनि समितिमा समावेश गरिएको छ। समितिको सचिवमा राजु कटुवाल नियुक्त भएका छन्।

कांग्रेसले वर्तमान संविधानलाई समयानुकूल परिमार्जन गर्नु आवश्यक रहेको निष्कर्ष निकालेको छ। सोही उद्देश्यअनुसार गठित समितिले संविधान संशोधनका विषयमा अध्ययन गरी पार्टीलाई आवश्यक सुझाव प्रदान गर्ने अपेक्षा गरिएको छ।