अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर तीन दिने भ्रमणमा नेपाल आइपुगे

Image

दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर तीन दिने औपचारिक भ्रमणका लागि सोमबार नेपाल आइपुगेका छन्।

उनी बिहान सवा ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको सुरक्षा स्रोतले जनाएको छ। भ्रमणका क्रममा उनले काठमाडौंमा उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

नेपाल भ्रमणको मुख्य उद्देश्य वालेन्द्र शाह नेतृत्वको सरकारसँग द्विपक्षीय सम्बन्ध सुदृढ गर्नु रहेको बताइएको छ। कपुरले विभिन्न सरकारी अधिकारीहरूसँग भेट गरी आपसी सहकार्य, कूटनीतिक सम्बन्ध र क्षेत्रीय मुद्दाहरूमा छलफल गर्ने अपेक्षा गरिएको छ।