नेपाली कांग्रेसद्वारा पूर्णबहादुर खड्काको स्पष्टीकरण फिर्ता लिने तयारी

Image

नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले पूर्णबहादुर खड्कालाई सोधिएको स्पष्टीकरण पत्र फिर्ता लिने तयारी गरेको छ।

समिति स्रोतका अनुसार खड्काले सार्वजनिक रूपमा “अदालतको फैसला मान्छु, अब कार्यवाहक लेख्दिनँ” भनी धारणा सार्वजनिक गरिसकेकाले उक्त अभिव्यक्तिलाई नै स्पष्टीकरणका रूपमा लिइएको हो। “उहाँले सार्वजनिक रूपमा अब कार्यवाहक लेख्दिनँ भनिसक्नुभएको छ, यही नै स्पष्टीकरण हो,” स्रोतले जनाएको छ। यसै आधारमा स्पष्टीकरण पत्र फिर्ता लिने निर्णयतर्फ समिति अघि बढेको बताइएको छ।

यसअघि सर्वोच्च अदालतले शुक्रबार गगनकुमार थापा नेतृत्वको वर्तमान कार्यसमितिलाई वैधता दिएको थियो। अदालतको उक्त फैसलापछि पार्टीभित्रको विवाद समाधानतर्फ उन्मुख भएको संकेत देखिएको छ।