एमाले प्रमुख सचेतकमा ऐन महर नियुक्त

Image

नेकपा एमालेको प्रमुख सचेतकमा ऐन महर चयन भएका छन्। संसदीय दलका नेता रामबहादुर थापाले उनलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन्।

महर बझाङबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्। जिम्मेवारी पाएकोमा खुसी व्यक्त गर्दै उनले पूर्ण निष्ठा र इमानदारिताका साथ भूमिका निर्वाह गर्ने बताएका छन्।