प्युठानमा चट्याङ लागेर बाबुछोराको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छन्।
जिल्लाको गौमुखी गाउँपालिका–६ लिबाङका ७० वर्षीय केदार बोहरा क्षेत्री र उनका २८ वर्षीय छोरा रामु बोहरा क्षेत्रीको चट्याङ लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।
प्रहरीका अनुसार आइतबार दिउँसो परेको चट्याङका कारण गम्भीर घाइते भएका बाबुछोरालाई तत्काल जिल्ला अस्पताल बिजुवार लगिएको थियो। उपचारका क्रममा आइतबार राति दुवैको मृत्यु भएको हो।
उक्त घटनामा एक महिला पनि घाइते भएकी छन्। उनको जिल्ला अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
















