प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बोलाएको विपक्षी दलहरूको बैठकमा श्रम संस्कृति पार्टी उपस्थित भएन ।सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भइरहेको बैठकमा एमालेबाट संसदीय दलका नेता रामबहादुर थापा बादल, नेपाली कम्युनिस्ट पार्टीबाट प्रमुख सचेतक युवराज दुलाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सांसद सरस्वती लामा उपस्थित छन् ।
सरकारले संवैधानिक परिषद् र सहकारी सम्बन्धी अध्यादेश ल्याउन राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता आङदेम्बेले विपक्षी दलहरूको रणनीति बनाउन बैठक बोलाएका थिए ।
आङदेम्बेका स्वकीय सचिव एम ढुङ्गानाले श्रम संस्कृतिलाई बैठकमा बोलाइए पनि नआएको जानकारी दिए ।















