पानी पर्न थालेसँगै बीपी राजमार्गमा आवागमन पूर्ण रुपमा बन्द गरिएको छ।
सोमबार दिउँसोदेखि पानी पर्न थालेपछि सम्भावित जोखिमलाई ध्यानमा राखेर सवारी आवागमन तत्कालका लागि पूर्ण रुपमा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय, काभ्रेले जनाएको छ। काभ्रेका विभिन्न स्थानमा दिउँसोदेखि अत्यधिक वर्षा भइरहेको छ।
प्रतिकूल मौसमका कारण बीपी राजमार्गमा आवागमन गर्न जोखिमपूर्ण भएको प्रहरीको भनाइ छ।














