आज नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन : ७३ पदमा १३७ उम्मेदवारबीच प्रतिस्पर्धा हुँदै

Image

नेपाल उद्योग वाणिज्य महासंघको ६० औँ वार्षिक साधारणसभा अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। सोमबारबाट सुरु भएको साधारणसभाबाट वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्दैछन् भने बाँकी ७३ पदका लागि निर्वाचन हुन लागेको हो।

कुल ७३ पदका लागि १ सय ३७ जनाले उम्मेदवारी दिएका छन् । उक्त निर्वाचनमा २ हजारभन्दा बढीले मतदान गर्नेछन् । निर्वाचनको नतिजा बुधबार मात्रै घोषणा हुनेछ ।

चार उपाध्यक्ष र बाँकी सदस्य पदमा निर्वाचन हुने छन्  ।एसोसिएसटतर्फ १ हजार ८ सय ५०, जिल्ला नगरतर्फ १ सय २९, वस्तुगत संघमा १ सय ७, वस्तुगत महासंघमा १७, द्विराष्ट्रिय ८ र संस्थापकतर्फ १२ जना मतदाता रहेको उनले बताए ।