काठमाण्डौबाट बेनी जादै गरेको बस दुर्घटना, ठुलो मानवीय क्षति भएको आकलन

काठमाण्डौबाट बेनी जादै गरेको बस धादिङको मलेखु नजिकै त्रिशुली नदिमा खस्दा ठुलो मानवीय क्षति भएको आकलन गरिएको छ ।

बिहान पोखरा हुँदै बेनीका लागि गोगंबु बसपार्कबाट छुटेको  प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस पृथ्वीराजमार्गबाटगजुरी गाउँपालिका-१ चालीसेछहराबाट त्रिशूली नदीमा खसेको प्रहरीले जानकारी दिएको छ । घटनास्थलमा रहेकी गजुरी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला बिसुरालका अनुसार अहिले उद्धारको काम भईरहेको छ ।

घटनास्थलबाट १२ जना घाइतेको उद्धार भएको र ६ वटा शव पानीमा तैरिएको अवस्थामा भेटिएको बिसुरालले जानकारी दिएकी छन । यद्यपी मृतकबारे प्रहरीले अहिलेसम्म पुष्टि गरिसकेको छैन । घाइत सबैको अहिले गजुरी अस्पतालमा उपचार हुदैछ । उनीहरुमध्ये गम्भीर घाइतेहरुलाई काठमाण्डौ पठाउने तयारी भईरहेको प्रहरीले जानकारी दिएको छ ।