धादिङमा बिहीबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ११ः१४ बजे धादिङको चराङ फेदी आसपास केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का धादिङसहित आसपासका जिल्लामा पनि महसुस गरिएको जनाइएको छ । हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ ।
यसअघि चैत २२ गते कास्कीको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर ३.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।














