चीनका दुई पूर्व रक्षामन्त्रीहरुलाई मृत्युदण्डको सजाय

Image

चीनले भ्रष्टाचारको मामिलामा दुई पूर्व रक्षामन्त्री ली साङ्फु र वेई फेङ्गेलाई मृत्युदण्डको सजाय सुनाएको छ। सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार, दुवैलाई पहिले २ वर्ष जेलमा राखिनेछ । उनीहरुसहित अन्य कयौँ अधिकारीहरुलाई राष्ट्रपति सी चिनफिङले अपदस्थ गरेका थिए ।

सैन्य अदालतले वेइलाई घुस लिएको तथा लीलाई घुस स्वीकारेको र घुस खुवाउने प्रस्ताव पनि गरेको अभियोगमा दोषी ठहर गरिएको हो। उनीहरुले जिन्दगीभरि राजनीतिक अधिकार पाउने छैनन् र उनीहरुको सम्पत्ति पनि हरण गरिएको छ ।

मृत्युदण्ड जन्मकैदमा फेरिएपछि उनीहरु जिन्दगीभरि रिहा हुने छैनन् । २०१२ मा सीले भ्रष्टाचारविरुद्ध कारबाही थालेयता सैन्य अधिकारीहरुलाई सुनाइएको यो कठोरतम सजाय हो । रिपोर्टका अनुसार, चीनमा चलिरहेको भ्रष्टाचार अनुसन्धानको सबैभन्दा ठूलो केन्द्र ‘पीएलए रकेट फोर्स’ र सेनाको हतियार खरिद विभागलाई मानिएको छ। पीएलए रकेट फोर्स चिनियाँ सेना देशको परमाणु मिसाइल र लामो दूरीका ब्यालेस्टिक मिसाइलहरूलाई सम्हाल्ने निकाय हो ।

यसलाई चीनको सैन्य शक्तिको निकै महत्त्वपूर्ण हिस्सा मानिन्छ, किनभने आवश्यक परेको खण्डमा यसै युनिटले परमाणु हमला गर्ने क्षमता राख्छ।

सेनाका लागि हतियार खरिद, रक्षा सम्झौता र सैन्य उपकरणको आपूर्तिमा ठूलो मात्रामा भ्रष्टाचार भएको अनुसन्धान एजेन्सीहरूको आशङ्का छ। कैयौँ अधिकारीहरूले ठेक्का दिन र ठूला सैन्य सम्झौताहरूमा घुस लिएको आरोप छ। एजेन्सी