विवाहका लागि साउन्ड सिस्टमको तार जोड्दा करेन्ट लागेर युवकको मृत्यु

Image

धनुषामा करेन्ट लागेर एक युवकको ज्यान गएको छ। जनकनन्दिनी गाउँपालिका–५ उधाटोल बस्ने २५ वर्षीय अरबिन्द साहको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ।

घर नजिकै विवाहको लागि साउन्ड सिस्टमको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको धनुषा अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।