अर्घाखाँचीको पाणिनी गाउँपालिका–८, कुँडेलेमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । २५ जना घाइते छन् ।
मंगलबार (वैशाख २९) दिउँसो झ१ख ५०४ नम्बरको बस दुर्घटना भएको पाणिनी गाउँपालिकाका पूर्वअध्यक्ष अच्युत गौतमले जानकारी दिए ।
घाइतेहरूलाई उद्धार गरी जिल्ला अस्पताल अर्घाखाँची र मिसन अस्पताल पाल्पामा पठाइएको छ । दुर्घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँची जनाएको छ ।
















