संघीय सरकारका मन्त्रालयहरूको संख्या घटाइयो,अब १८ वटा मन्त्रालय मात्रै

Image

सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ ।

बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयको संख्या १७ मा झार्ने निर्णय गरेको हो ।

अब प्रधानमन्त्री कार्यालयसहित १८ मन्त्रालय हुनेछन् । यसअघि २१ मन्त्रालय थिए ।