नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन

Image

नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समिति पुनर्गठन गरेको छ। पार्टी सभापति गगनकुमार थापाले समिति पुनर्गठन गरेका हुन्।

कांग्रेसको संशोधित विधान २०१७ को धारा ३४ को उपधारा ७ अनुसार अनुशासन समितिको व्यवस्था गरिएको छ। सोही व्यवस्था अनुसार समिति पुनर्गठन गरिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्।

पुनर्गठित समितिको संयोजकमा तारामान गुरुङ रहेका छन्। सदस्यमा धना खतिवडा, रमेशप्रसाद धमला र बजरंग नेपाली रहेका छन्।

यसअघि समितिमा धना खतिवडा र सुवासकुमार पोखरेल सदस्य रहेकामा पुनर्गठनपछि रमेशप्रसाद धमला र बजरंग नेपाली थपिएका हुन्।