संघीय संसद्, प्रतिनिधिसभाको सचिव पदमा प्रकाश अधिकारी नियुक्त भएका छन् । सभामुख डोलप्रसाद अर्यालको सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिकारीलाई प्रतिनिधिसभाको सचिवमा नियुक्त गरेका हुन् ।
संखुवासभाका अधिकारीले त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकासमा स्नातकोत्तर, दक्षिण कोरियाको क्युङ हि युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय व्यापार तथा आर्थिक साझेदारी विषयमा स्नातकोत्तर गरेका छन् ।
उनीसँग निजामती सेवामा २४ वर्षको अनुभव छ । अधिकारी उपसचिव पदबाट सेवानिवृत्त कर्मचारी हुन् । यसअघिका सचिव हर्कराज राई मंगलबार पदमुक्त भएका थिए । संविधानअनुसार सभामुखको सिफारिसमा प्रतिनिधिसभाको सचिव राष्ट्रपतिले नियुक्त गर्छन् ।















