सुनको मूल्य बढ्यो, चाँदी घट्यो

Image

स्थानीय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला ८०० ले वृद्धि भएको हो।

आइतबार प्रतितोला दुई लाख ९४ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि भने प्रतितोला दुई लाख ९४ हजार ८०० मा कारोबार हुने गरी निर्धारण भएको छ।

यस्तै, चाँदी प्रतितोला २० ले घटेको छ। आइतबार प्रतितोला रु पाँच हजार ६० मा कारोबार भएको चाँदी आजका लागि भने प्रतितोला पाँच हजार ४० निर्धारण गरिएको छ।