नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा केन्द्रीय सचिवालयको बैठक जारी रहेको छ। भक्तपुरको गुण्डुस्थित ओली निवासमा जारी सचिवालय बैठकमा केन्द्रीय नेताहरूको कार्यविभाजन प्रमुख एजेन्डा रहेको छ। यससँगै समसामयिक विषयमा छलफल भइरहेको एमाले नेताहरूले बताएका छन्।
यससँगै आजको बैठकमा गत फागुनमा भएको निर्वाचनको समीक्षाका लागि केन्द्रीय कमिटीको बैठक बोलाउने विषयमा पनि छलफल हुने जनाएको छ।
यससँगै सरकारले जबरजस्ती हटाएका सुकुम्वासी, उनीहरूको व्यवस्थापन र सरकारका पछिल्ला काम कारबाही पनि बैठकका एजेन्डा रहेका छन्।















