साताको अन्तिम कारोबारमा १६ अंकले बढ्यो बजार

Image

साताको अन्तिम कारोबारमा सेयर बजार बढेको छ । शुक्रबारको कारोबारमा बजार १६.३८ अंक बढेको हो । यससँगै बजार मापक २७५८.४९ विन्दुमा उक्लिएको छ ।

यसदिन २०२ कम्पनीको सेयर मूल्य बढेको छ । ५९ कम्पनीको सेयर मूल्य घटेको छ । ७ कम्पनीको मूल्य स्थिर रह्यो ।

बजारसँगै कारोबार रकम पनि बढेको छ । चार अर्ब ४९ करोड ८५ लाख १६ हजार ९४ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । एक करोड ८ लाख ८८ हजार ७३९ कित्ता सेयर ५४ हजार ४९७ पटकमा किनबेच भएको छ । अघिल्लो दिनको कारोबारमा तीन अर्ब ९० सेयर किनबेच भएको थियो ।

क्रेष्ट माइक्रो फाइनान्स, माबिलुङ इनर्जी, बुंगल हाइड्रो, आँखु खोला जलविद्युत्, सुपर खुँदी हाइड्रो उच्च कारोबार गर्ने शीर्ष स्थानमा रहे । समूहगत सूचकतर्फ ट्रेडिङ बाहेकका समूह बढेका छन् ।