मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सदनमा विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार बसेको मधेश प्रदेश सभाको बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिएका हुन्।
उनको विश्वासको पक्षमा ६२ मत र विपक्षमा ३६ मत परेको छ । गत वैशाख २१ गते जनमतले समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिएका हुन् ।
हाल मधेश प्रदेश सभामा १०२ सदस्य कायम रहेका छन्। प्रदेश सभामा नेपाली कांग्रेसका २२, नेकपा एमालेका २४, जनमत पार्टीका १२, नेकपाका १५, जसपा नेपालका २६ तथा नागरिक उन्मुक्ति पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी र राप्रपाका १–१ जना सांसद रहेका छन्। यसअघि प्रदेश सभामा १०७ सदस्य रहेका थिए।हुन्















