सोमबारसम्म दुर्गा प्रसाईंको अनुसन्धान सक्न सर्वोच्चको आदेश

Image

मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि दोस्रो पटक म्याद थप भएको मितिसम्म अनुसन्धान सक्नका लागि सर्वोच्च अदालतले आदेश दिएको छ ।

सर्वोच्च अदालतमा प्रसाईंको तर्फबाट परेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि न्यायाधीश विनोद शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सुनुवाइ गर्दै परमादेश जारी गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साले उनीविरुद्ध हिजो (बिहीबार) ४ दिनको म्याद थप गरेको थियो । उनीविरुद्ध दोस्रोपटक थप गरिएको म्याद सोमबार सकिने पर्सा प्रहरीका सूचना अधिकारीले जानकारी दिए ।

उक्त अवधिभित्र अनुसन्धान सकेर मुद्दा चल्ने नचल्ने निर्णय भएमा सोही बमोजिम गर्न र नभएमा थुनामुक्त गरी गर्न गराउन आदेश भएको हो ।

प्रसाईंलाई प्रहरीले पर्साबाट पक्राउ गरेको थियो । उनी हाल पर्सा प्रहरीकै हिरासतमा छन् ।