नेकपा एमालेको सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार बिहान साढे ११ बजे अध्यक्ष ओलीको निवास गुण्डुमा बैठक बस्नेछ । एमाले सचिवालय बैठक शुक्रबारदेखि सुरू भएको थियो ।
बैठकमा सचिवालय सदस्यहरूले आफ्नो धारणा राखिरहेका छन्। नेताहरूले अध्यक्ष ओलीले नेतृत्वबाट मार्गप्रशस्त गर्नुपर्ने धारणा राखेका छन् । शुक्रबार बोल्न बाँकी रहेका सचिवालय सदस्यहरूले शनिबारको बैठकमा आफ्नो धारणा राख्नेछन् ।
शनिबारको बैठकमा महासचिव शंकर पोखरेल, उपमहासचिव लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराईले धारणा राख्नेछन् ।
त्यस्तै सचिवहरू छविलाल विश्वकर्मा, पद्मा अर्याल, यामलाल कँडेल, हिक्मत कार्की, खगराज भट्ट, भानुभक्त ढकाल, राजन भट्टराई, शेरधन राई र महेश बस्नेतले आज धारणा राख्नेछन् ।















