नेपाल क्रिकेट संघ (क्यान) ले पुरुष र महिलातर्फका खेलाडीहरूको वर्गीकरण गरेको छ। यसअनुसार रोहित पौडेल, दीपेन्द्र र सन्दीप लामिछाने ‘ए प्लस’मा छन्।
त्यस्तै ‘ए’ मा आसिफ शेख, करण केसी, कुशल भुर्तेल र सोमपाल कार्मी, बीमा आरिफ शेख, भीम सार्की, गुलशन झा, ललित राजवंशी र नन्दन यादव रहेका छन्।
त्यस्तै ‘सी’ मा अनिल साह, अर्जुन कुमाल, बसिर अहमद, विनोद भण्डारी, हेमन्त धामी, इशान पाण्डे, कुशल मल्ल, लोकेस बम, साहब आलम, शेर मल्ल र सन्दीप जोरा रहेका छन्।
त्यस्तै डेभलेपमेन्ट वर्गमा अर्जुन घर्ती, अर्जुन साउद, आकाश चन्द, विपिन खत्री, दीपक डुम्रे, देव खनाल, नारायण जोशी, पवन सर्राफ, रासिद खान, रिजन ढकाल, सन्तोष यादव, त्रितराज दास, युवराज खत्री, सागर ढकाल र प्रतिश जीसी रहेका छन्।
त्यस्तै महिला खेलाडीहरूमा इन्दू वर्मा, पुजा महतो, रुविना क्षेत्री र सीता रानामगर समूह ‘ए’ मा परेका छन्। समूह ‘बी’ मा कविता कुँवर, सम्झना खड्का र मनिषा उपाध्याय, ‘सी’ मा बिन्दु रावल, कविता जोशी, रुबी पोद्दार र रिया शर्मा रहेका छन्।
त्यस्तै डी (डेभलप्मेन्ट) समूहमा रोमा थापा, सुमन विष्ट, इश्वरी विष्ट, सोनी पाख्रिन, साना प्रविण, सावित्री धामी, काजल श्रेष्ठ, सीमाना केसी, अनु कडायत, यशोदा विष्ट, लक्ष्मी साउद, ममता चौधरी, अस्मिना कर्माचार्य र रचना चौधरी रहेका छन्।
क्यानका अनुसार पुरुषतर्फको ए प्लसमा परेका खेलाडीले प्रतिमहिना १ लाख २० हजार, ए का खेलाडीले १ लाख, ‘बी’ मा परेकाहरूले ७५ हजार, ‘सी’ का खेलाडीले ५५ हजार र डेभलप्मेन्ट समूहकाले प्रतिमहिना ३५ हजार तलब पाउनेछन्।
त्यस्तै महिलातर्फ ‘ए’ मा परेका खेलाडीहरूले प्रतिमहिना ५५ हजार, ‘बी’ का ले ४० हजार, ‘सी’ मा परेका खेलाडीले ३० हजार र डेभलप्मेन्टमा परेका खेलाडीहरूले प्रतिमहिना २५ हजार तलब रहने क्यानले जनाएको छ।
त्यस्तै पुरुष/महिला खेलाडीले म्याच फी बापत टी-२० तर्फ प्रतिखेल १० हजार र ओडीआईतर्फ प्रति खेल १५ हजार पाउनेछन्।
















