अमेरिकाको आरोप : बेलायती हवाई अड्डामा आक्रमणको षड्यन्त्र गर्नेहरू इरान-समर्थित

Image

अमेरिकाले देशभित्र तथा युरोपमा रहेका आफ्ना हवाई अड्डामा आक्रमणको षड्यन्त्र गर्नेमा इरान(समर्थित व्यक्तिहरू संलग्न रहेको आरोप लगाएको छ।

यसमा अमेरिकी सेना तैनाथ बेलायतको आरएएफ फेयरफोर्ड एयरबेसमा गर्न खोजिएको आतंकवादी आक्रमण पनि पर्छ। यद्यपि इरानले यसअघि नै फेयरफोर्ड घटनामा आफ्नो कुनै भूमिका नरहेको दाबी गरिसकेको छ।

अमेरिकाको न्याय विभागका अनुसार मंगलबार सार्वजनिक आरोपपत्रमा इरानी नागरिक मोहसेन मोहजेरी, इराकी नागरिक मोहम्मद अली अल(हसानी र इरानी(इराकी दोहोरो नागरिकतावाला मोहम्मद बाकर साद दाऊद अल(सादीको नाम छ।

गत सेप्टेम्बर २७ मा फेयरफोर्ड एयर बेसनजिकै तीनवटा शंकास्पद भ्यान देखिएपछि सुरक्षा सतर्कता अपनाइएको थियो।

खोजतलासका क्रममा ती भ्यानमा कुनै विस्फोटक पदार्थ भेटिएन तर पेट्रोल बरामद गरिएको थियो। यस प्रकरणमा बेलायतमा सात जनालाई पक्राउ गरिएको छ।

अमेरिकाको न्याय विभागले अल(हसानीले अगस्टमा बेलायतमा रहेका आफ्ना सहयोगीहरूलाई एयरबेसको निगरानी गर्न र षड्यन्त्रको तयारी गर्न पैसा दिएको आरोप लगाएको छ।

विभागका अनुसार भ्यान र इन्धन ड्रम सेप्टेम्बरमा खरिद गरिएका थिए। भ्यानहरूलाई इन्धन र स्विमिङ पुल आपूर्ति गर्ने रूपमा राखिएको थियो।

सेप्टेम्बर २६ मा अल-हसानीले तीनवटा भ्यानलाई एयरबेसमा जान निर्देशन दिएको र बाटोमा चालकहरूसँग सम्पर्कमा रहेको आरोप लगाइएको छ। सेप्टेम्बर २७ तारिख बिहान एक स्थानीय किसानले एउटा शंकास्पद भ्यान देखेपछि प्रहरीलाई खबर गरेका थिए।