इन्डोनेसियामाथि ४ विकेटको जित निकाल्दै नेपाल सेमिफाइनलमा

Image

 इन्डोनेसियामाथि ४ विकेटको जित निकाल्दै नेपाल एसियन गेम्स छनोटको सेमिफाइनलमा पुगेको छ । बिहीबार भएको खेलमा इन्डोनेसियाले दिएको ११४ रनको लक्ष्य ६ विकेटको क्षतिमा ३ बल खेल्न बाँकी छँदै पुरा गरेको हो ।

अब नेपालले अन्तिम चारमा आयोजक टोली मलेसियासँग खेल्नेछ। मलेसियालाई हराएमा नेपाल एसियन गेम्समा छनोट हुनेछ। नेपालको जितमा कप्तान इन्दू बर्माले नटआउट ४२ रन बनाइन्। उनले ४३ बलमा ५ चौका प्रहार गरिन्।

अन्त्यमा लगातार विकेट गुमेपछि दबाबमा रहेको बेलमा सीता रानामगरले ६ बलमा ३ चौकाको मद्दतमा नटआउट १३ बनाएपछि नेपालको जित सम्भव एको थियो ।