साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम २६ सदस्यीय टोली घोषणा गरेको छ। मुख्य प्रशिक्षक अर्जेन्टिनाले कप्तान मेस्सीको नेतृत्वमा टोली सार्वजनिक गरेका हुन्।
यस पटक पनि अर्जेन्टिनी टोलीको मुख्य जिम्मेवारी मेस्सीकै काँधमा रहनेछ। विश्व फुटबलका सुपरस्टार मेस्सीले लगातार अर्को विश्वकपमा टोलीको नेतृत्व गर्ने भएपछि समर्थकहरू उत्साहित बनेका छन्।
टोलीमा गोल्डेन ग्लोभ विजेता गोलकिपर एमिलियानो मार्टिनेज, अनुभवी रक्षक क्रिस्टियन रोमेरो, मिडफिल्डका भरोसायोग्य खेलाडी रोड्रिगो डे पउल तथा आक्रामक फरवार्ड लाउटारो मार्टिनेज जस्ता स्थापित स्टार खेलाडी समावेश छन्।
त्यस्तै टोलीमा केही युवा प्रतिभाले पनि स्थान बनाएका छन्। विशेषगरी निको पाज, जिउलियानो सिमिओनी र थियागो अल्माडा जस्ता युवा खेलाडीलाई अवसर दिइएको छ।
अर्जेन्टिनाको अन्तिम टोली
गोलकिपर
एमिलियानो मार्टिनेज, जेरोनिमो रुल्ली, जुआन मुसो।
डिफेन्डर
लियोनार्डो बालेर्डी, निकोलस टागलियाफिको, गोन्जालो मोन्टिएल, लिसान्ड्रो मार्टिनेज, क्रिस्टियन रोमेरो, निकोलस ओटामेन्डी, फाकुन्डो मेडिना, नाहुएल मोलिना।
मिडफिल्डर
लियान्द्रो पारेडेस, रोड्रिगो डे पउल, भ्यालेन्टिन बार्को, जिओभानी लो सेल्सो, एजेक्वेल पालासिओस, एलेक्सिस म्याक एलिस्टार, एन्जो फर्नान्डेज।
फरवार्ड
जुलियन अल्भारेज, लियोनेल मेस्सी, निको गोन्जालेज, थियागो अल्माडा, जिउलियानो सिमिओनी, निको पाज, जोसे म्यानुएल लोपेज र लाउटारो मार्टिनेज।
विश्वकपको उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदान उत्रने अर्जेन्टिनालाई यस पटक पनि उपाधिको प्रमुख दाबेदारका रूपमा हेरिएको छ।















