स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा दुई हजार रुपैयाँ बढेको हो ।
यससँगै छापावाल सुन प्रतितोला तीन लाख एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन प्रतितोला दुई लाख ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको छ । चाँदी प्रतितोला चार हजार ९२५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ । अघिल्लो दिन चार हजार ९०५ रुपैयाँमा कारोबार भएको थियो ।
















