गृहमन्त्रीमा सुधन गुरुङ पुनः नियुक्त भएका छन् । उनको पद तथा गोपनीयताको शपथ आजै दिउँसो ३ बजे राष्ट्रपतिको कार्यालय शीतलनिवासमा हुने तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ ।
स्रोतका अनुसार शपथका लागि राष्ट्रपति कार्यालयमा पत्राचार गरिसकिएको छ । यसअघि सम्पत्तिलगायत विवादमा परेपछि गुरुङले वैशाख ९ गते गृहमन्त्रीबाट राजीनामा दिएका थिए । त्यसपछि उनीमाथि छानबिन गर्न सरकारले समिति बनाएको थियो मितिले क्लिन चिट दिएपछि गुरुङलाई गृहमा फर्काउन लागिएको हो ।
















