रूस – युक्रेन आक्रमण जारी पछिल्लो आक्रमणमा तीन जनाको मृत्यु

Image
A firefighter puts out a fire at a car dealership following massive Russian missile and drone strikes on Kyiv on June 2, 2026, amid the Russian invasion of Ukraine. Russian missile and drone barrages rocked parts of Ukraine, killing four and wounding dozens, officials said, the latest attacks in a war that sees no signs of ending. (Photo by Tetiana DZHAFAROVA / AFP)

रूसी र युक्रेनी सीमा क्षेत्रहरूमा भएको आक्रमणमा तीन जना नागरिकको मृत्यु भएको अधिकारीहरूले शुक्रबार बताइएका छन् ।

किएभले रूसको सुजेमकाको बस्तीमा प्रहार गर्दा ब्रायन्स्कको सीमावर्ती क्षेत्रमा दुई जना सर्वसाधारणको मृत्यु भएको कार्यवाहक गभर्नर एगोर कोभालचुकले टेलिग्राम मार्फत जनाइएको छ ।

युक्रेनको सीमा वर्ती क्षेत्र सुमीमा भएको ड्रोन आक्रमणकोमा आश्रयमा जाँदै गर्दा रेल स्टेशन अपरेटरका रूपमा कार्यरत एक जना महिलाको मृत्यु भएको युक्रेनी रेलवेका प्रमुख ओलेक्सान्डर पेर्टसोव्स्कीले बताएको छ । उनले अर्को एक जना स्टेशन परिचारिका, आक्रमणमा घाइते भएको बताएको छ ।

युक्रेनको दक्षिणी माइकोलाइभ क्षेत्रमा भएको छुट्टै आक्रमणमा तीन जना घाइते भएको जनाइएको छ ।