नेपाल-भारत सीमा क्षेत्रमा देखिएका विभिन्न विषयमा महेन्द्रनगरस्थित होटल ओपेरामा नेपाल र भारतका उच्च अधिकारीबीच छलफल भइरहेको छ।
बैठकमा सीमा व्यवस्थापन, सुरक्षा, आवतजावतको सहजता, सीमा स्तम्भहरूको अवस्था तथा दुवै देशको साझा चासोका अन्य विषयमा छलफल भइरहेको जनाइएको छ।
वार्तामा नेपाल र भारतका सुरक्षा निकाय तथा प्रशासनिक तहका अधिकारीहरूको सहभागिता रहेको छ।
दुवै देशबीचको सीमा क्षेत्रमा देखिएका समस्या समाधान, समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले बैठक आयोजना गरिएको बताइएको छ।















