घट्यो सुन- चाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

Image

नेपाली बजारमा बुधबार सुन तथा चाँदीको मूल्य घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले घटेको हो। मंगलबार प्रतितोला २ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार प्रतितोला २ लाख ९७ हजार ३०० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।

यसअघि मंगलबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको थियो। तर बुधबार पुनः उल्लेख्य गिरावट आएपछि सुनको मूल्य घटेको हो।यस्तै, चाँदीको मूल्य पनि घटेको छ। मंगलबार प्रतितोला ४ हजार ९९० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार प्रतितोला ४ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँले घटेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्यमा उतारचढाव देखिएको छ। बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ३२४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।अन्तर्राष्ट्रिय बजारको मूल्य र विनिमय दरको प्रभावका कारण नेपाली बजारमा सुन–चाँदीको मूल्य दैनिक रूपमा परिवर्तन हुँदै आएको छ।