सेयरबजारमा ५.०६ अंकको गिरावट आएको छ। नेप्से उक्त अंकले घटेर २७००.४७ विन्दुमा झरेको हो।
यस दिन ३ अर्ब ४० करोडको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। यस कारोबारमा ७८ वटा सेयर बढे पनि १८० वटा घटेका र १४ वटा स्थिर छन्। यस दिन एपोलो हाइड्रोपावरको सेयरमा भने सकारात्मक सर्किट लागेको छ। कम्पनीको सेयर १५ प्रतिशतले बढेको हो।
यसबाहेक सोपान फर्म्यास्युटिकल्स र आत्मनिर्भर लघुवित्त पनि क्रमशः १४.९९ र १२.५३ प्रतिशतले बढेका छन्। तर बाँकी सेयरको वृद्धिदर अधिकतम ६.३० प्रतिशतसम्म मात्र छ। बिहीबार घटेका सेयरहरुमा अधिकतम गिरावट दर ५.५४ प्रतिशतसम्म छ।
कारोबारमा आज आखुखोला जलविद्युत् कम्पनी अगाडि छ। कम्पनीको ३१ करोडको कारोबार भएको हो।
नेप्सेका अनुसार यस दिन विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, जीवन बीमा, उत्पादन, निर्जीवन बीमा र अन्य समूह घटेका छन् भने वाणिज्य बैंक, फाइनान्स, माइक्रो फाइनान्स, सामूहिक लगानी र व्यापार बढेका छन्।














