विश्वकपमा समूह चरणको दोस्रो खेलमा ब्राजिलले हाइटीविरुद्ध फराकिलो गोलअन्तरले विजयी भएको छ । ब्राजिल ३-० गोलसहित विजयी भएको हो ।
ब्राजिलका लागि म्याथ्यु कुन्हाले दुई र भिन्सियस जुनियरले एक गोल गरे । कुन्हाले खेलको ११ औँ मिनेटमा पहिलो गोल गरेका थिए । दोस्रो गोल उनले २३ औँ मिनेटमा गरे ।
यस्तै, भिन्सियसले खेलको ३६ औँ मिनेटमा गोल गरेका थिए । समूह ‘सी’को दोस्रो खेलपछि ब्राजिलले विश्वकप २०२६ को पहिलो जित दर्ता गराएको हो ।
२००२ यताका विश्वकपमा समूह चरणको खेलमा ब्राजिलले तीन गोल गरेको यो पहिलोपटक हो । ५६ वर्षपछि विश्वकपमा सहभागी भएको हाइटी दुवै खेलमा गोलविहीन भएको छ ।
यसअघि ब्राजिल मोरक्कोसँग बराबरीमा रोकिएको थियो । हाइटीले भने समूह चरणका दुवै खेलमा हार व्यहोरेको छ । यसअघि हाइटी स्कटल्याण्डसँग पराजित भएको थियो । जितसँगै ब्राजिलले तालिकामा चार अंक जोडेको छ ।














