लगातार दोस्रो हारसँगै टर्की फिफा विश्वकपबाट बाहिरिएको छ । सान फ्रान्सिस्को बे एरिया स्टेडियममा शनिबार बिहान भएको समूह ‘डी’को दोस्रो खेलमा पाराग्वेसँग १–० हारेसँगै टर्की विश्वकपबाटै बाहिरिएको हो ।
खेलको ६५औँ सेकेन्डमै माटियास गालार्जाले गरेको गोलले नै अन्तत: पाराग्वे विजयी भएको हो । फरवार्ड मिगुएल अल्मिरोनले पहिलो हाफको इन्जुरी समयमा रेड कार्ड खाएपछि पाराग्वे १० खेलाडीमा सीमित भएको थियो ।
तर पनि टर्कीले गोल फर्काउन नसकेपछि पाराग्वेकै जित भयो । पहिलो खेलमा पनि टर्की अस्ट्रेलियासँग २-० ले हारेको थियो । त्यसो त पाराग्वे पनि आफ्नो पहिलो खेलमा विश्वकप सहआयोजक अमेरिकासँग ४-१ ले हारेको थियो ।















