एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

Image

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचार पछि प्रहरीले सुर्खेतबाट पक्राउ गरेको हो ।

पौडेललाई विभागको पत्र पछि पक्राउ गरिएको कर्णाली प्रदेशका प्रमुख एवं डिआइजी जयराज सापकोटाले जानकारी दिए। ‘सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धानका लागि विभागले पत्र पठाएको थियो। त्यही पत्र पछि हामीले राखेका छौं,’ उनले भने ।

उनीविरूद्ध केकस्तो मुद्दा हो भन्ने खुलिसकेको छैन।