सिंहदरबारस्थित संघीय संसद् भवनमा इन्टरनेट सेवा अवरुद्ध हुँदा प्रतिनिधिसभा बैठकको प्रत्यक्ष (लाइभ) प्रसारण प्रभावित भएको छ।
संघीय संसद् सचिवालयका प्रवक्ता तथा सहसचिव एकराम गिरीका अनुसार इन्टरनेटमा आएको प्राविधिक समस्याका कारण प्रतिनिधिसभा बैठकको लाइभ स्ट्रीमिङ रोकिएको हो।
प्रवक्ता गिरीले इन्टरनेट सेवा पुनः सञ्चालनमा ल्याउन प्राविधिक टोलीले समस्या समाधानको काम गरिरहेको जानकारी दिए।
प्राविधिक समस्या समाधान भएपछि प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रसारण पुनः सञ्चालन गरिने सचिवालयले जनाएको छ।















