दिनभर गोताखोरले खोजी गर्दा पनि फेला परेन कर्णालीमा डुबेको गाडी

Image

बिहीबार बिहान साढे ११ बजेतिर कर्णाली नदीमा खसेको यात्रुबाहक गाडी बेलुकीसम्म खोज तलास गर्दा e]l6Pको छैन। वर्षाका कारण कर्णाली नदीको पानी पुरै धमिलो बन्नु, जलसतह बढ्नु जस्ता कारणहरूले नदीमा खसेको गाडी पूरै डुबेको अवस्थामा हुनुले दिनभर जसो गोताखेरले खोजी गर्दा पनि e]l6Pन।

घटनास्थलमा खटिएका दैलेखका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ऋषिराज गौतम हरिजनले सुर्खेतबाट आएका सशस्त्र प्रहरीका ६ जना गोताखोरहरूले दिनभर खोजी गर्दा पनि गाडी फेला पर्न नसकेको बताए।

दुर्घटना स्थलको भीरमा अचेत अवस्थामा फेला परेका एक जना अन्दाजी ३५ वर्षीय युवालाई जिल्ला अस्पताल दुल्लु पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका दैलेखका प्रहरी प्रमुख डिएसपी श्रवनकुमार विकले बताए।

हालसम्म पनि गाडीमा कति जना यात्रु सवार थिए भन्ने यकिन भइसकेको छैन। सुर्खेतमा ३ जना यात्रुले चलानी काटेको खुलेको छ। गाडीका चालक र सहचालक गरी उक्त गाडीमा पाँच जना सवार रहेको हुनुपर्ने अनुमान गरिएको छ। तर, बाटोमा कति जना चढे भन्ने यकिन भइनसकेको प्रहरीले जनाएको छ।

सुर्खेतबाट कालिकोटका लागि छुटेको क.प्र.०२–००१ ख १०५५ नम्बरको यात्रुबाहक गाडी बिहान साढे ११ बजेतिर दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७स्थित कर्णाली नदीमा खसेको थियो।

गाडी झन्डै ४०० मिटर मुनिको कर्णाली नदीमा खसेको अनुमान गरिएको छ। दुर्घटनास्थल प्रहरी चौकी पाल्ताडाबाट ३ किलोमिटर उत्तरतर्फ पर्छ। जिल्ला प्रहरी कार्यालय दैलेखबाट भने घटनास्थल झन्डै ५० किलोमिटर पश्चिममा पर्छ।